बिहीवार, भाद्र ३१, २०७८ साल

सगरमाथा सिमेन्ट अब २५ के.जी.को हाफप्याकमा

लाेकप्रिय सन्देश २०७८ श्रावन १० गते 393

नेपालगञ्ज, साउन ९ । विगत दशवर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपुर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओ.पि.सी सिमेन्टमा २५ के.जि.को हाफप्याक बजारमा ल्याएको छ । घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादकभएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलग्गै दजार्मा कायम राख्दै आएको छ ।

हालसालै कम्पनिले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्था  ( NABL (National Accreditation Board for Testing and Calibration Laboratories) बाट ल्याब सञ्चालनमा आधिकारीकता समेत प्राप्त गरेको छ । जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ के.जी.को हाफप्याकमा समेत अन्तराष्ट्रिय स्तरको गुणस्तरता कायम राख्नकम्पनी सफल भएको छ । यस २५ के.जी.काहाफप्याक बोरा वितरण प्राणलीमा सहजहुने र स–साना सिमेन्ट संगजोडिएका निमार्ण काकार्यहरु गर्न सजिलो हुने भएकाले यो हाफप्याक सगरमाथा ओ.पि.सी. र सगरमाथापि.पि.सी. सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कुरामा कम्पनी पूर्ण विश्वस्त रहेको छ । 


नेपालको भौगोलिक अवस्थाका कारण विकास र निमार्णमा काममा आवश्यक सामाग्रीहरु सजिलै एक ठाँउबाट अर्काे ठाँउमा लान निकै कठिन छ । विशेषतहिमाली क्षेत्रमा विकास निमार्णका कार्यहरु गर्दा निमार्ण सामाग्री ओसार पसारमै लागत तथा समयको बढि खर्च हुने भएकोले निमार्ण कार्य बढि खर्चिलो हुने गरेको छ । यसै कुरालाई मध्यनजर गर्दै घोराहीसिमेन्ट इन्डष्ट्रीले सगरमाथा ब्राण्डका कम तौलका सिमेन्टका बोराहरु जसलाई ओसार पसार गर्न सहज, निमार्णमा समेत अनावश्यक खेर कम र निमार्ण समेत कमखर्चिलोहोस् भन्ने हेतुले यो २५ के.जी.को हाफप्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ । 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१