मंगलवार, बैशाख ७, २०७८ साल

बाबुरामले यसरी गरिदिए छोरी मानुषीको बिहे (तस्विरमा)

लाेकप्रिय सन्देश २०७२ फागुन १ गते 1.56K

काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीले छोरी मानुषी यमी भट्टराई नयाँ शक्तिकै एक क्रियाशील सदस्य जेकेन्द्र श्रेष्ठसँग विवाह गरिदिएका छन् ।

भट्टराईकै निजी निवास सानेपामा जनवादी शैलीमा गरिएको विवाहमा भारत र चीनका राजदूतदेखि भारतपरस्त भनेर चिनिएका केही बुद्धिजीवीदेखि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसम्म उपस्थिति थिए । 

लामो समय सँगसँगै राजनीतिक यात्रामा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि दलका नेताहरुलाई बाबुरामले नबोलाए पनि नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, दमननाथ ढुंगाना, नेता प्रदीप गिरि, लेखकहरु खगेन्द्र संग्रौला, सीके लाल, मुख्यसचिव डा. सोमलाल सुवेदी, नेपाली सेनाका प्रमुख राजेन्द्र क्षत्री, सशस्त्र प्रहरीका प्रमुख अभिनेत्रीहरु करिश्मा मानन्धर, रेखा  थापा बरबधुलाई शुभकामना दिन पुगेका थिए ।  

संक्षितरुपमा गरिएको विवाहमा बाबुराम निकै खुशी देखिन्थे । मानुषीले बिहे खर्च न्यून गरेर बचेको ५० हजार रुपियाँ त्रिवि केन्द्रीय पुस्तकालयलाई र ३० हजार रुपियाँ पूर्वजनसेनाकी छोरी फुर्मी तामाङलाई दिएको जनाइएको छ।

मानुषीका पति जेकेन्द्र तनहुँका हुन । बेहुली र त्यसपछि बेहुलाको भाषणबाट सुरु भएको स्टेज म्यारिजमा कुनै परम्परागत विधि अपनाइएको थिइन । कवि संगीत स्रोताले कार्यक्रम सञ्चालन गरेका थिए । अखिल क्रान्तिकारीको राजनीति गरेका दुवै सामान्य किसिमकै पहिरनमा थिए । 

बेहुला बेहुलीको भाषणपछि जेकेन्द्रका पिता र त्यसपछि मानुषीका पिता बाबुरामले भाषणा गरेका थिए । बाबुरामले छोरी ज्वाईको इच्छाअनुसार नै परम्परागत विवाहतर्फ नलागेको बताए । उनले रुढीवादी विचार त्याग्न सबैलाई सल्लाह दिँदै नयाँ पुस्ताको सोच र चाहनाअनुसार अघि बढनुपर्ने तर्क अघि सारेका थिए । 

आमन्त्रितहरुलाई दालभात, तरकारी, अचार र मासुको व्यवस्था गरिएको थियो । 

तस्विरः डा. बाबुराम भट्टराईको फेसबुकबाट

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१