मंगलवार, बैशाख ७, २०७८ साल

त्रिविका उत्कृष्टलाई अब त्रिविमै जागिर

लाेकप्रिय सन्देश २०७२ फागुन १३ गते 942

काठमाडौँ, १२ फागुन । आफूबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी सङ्कायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई त्रिविले जागिर दिने भएको छ ।

अनेरास्वियु (क्रान्तिकारी)ले बुधबार आयोजना गरेको ‘प्राध्यापक नियुक्ति प्रक्रिया र त्रिभुवन विश्वविद्यालयको भविष्य’ विषयको अन्तत्र्रिmयमा त्रिविका उपकुलपति तीर्थराज खनियाले अबका दिनमा प्राध्यापक नियुक्त गर्दा राजनीतिक भागबन्डाले नभई प्रतिस्पर्धाका आधारमा गरिने तथा करार र ज्यालादारी प्राध्यापक नियुक्ति नगरिने स्पष्ट पारे । 
 
अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्लले त्रिविमा प्राध्यापक नियुक्त गर्दा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने माग गर्नुभयो ।

त्रिविका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयको व्यवस्थापन राम्रो हुन देशमा राजनीतिक स्थिरता आवश्यक रहेको बताए । पूर्वरेक्टर महेन्द्र सिंहले उच्च शिक्षाको नीतिमा नै परिमार्जन गरिनुपर्ने सुझाव दिए ।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१