काठमाडौं । कोका–कोलाले विश्व भरि नै ‘टेष्ट द फिलिङ’ अभियान सुरु गर्ने क्रममा काठमाडौंमा पनि शनिबार यसको औपचारिक सुरुवात गरेको छ ।
‘उत्साहका पलहरु’ विषयका साथ सुरु गरिएको यस कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको जनाइएको छ । कलाकारहरु एड्रियन प्रधान, रोहित जोन क्षेत्री, प्रज्वल मुखिया र यम बुद्धले आफ्नो प्रस्तुतिबाट दर्शकलाई रोमाञ्चित बनाएका थिए ।
‘टेष्ट द फिलिङ’ अभियान विश्वभर सञ्चालन गर्ने क्रममा गत जनवरी १९ मा पेरिसमा यसको उदघाटन गरिएको थियो । यसले सात वर्ष पूरानो कोका–कोला “ओपन ह्यापिनेस” अभियानलाई प्रतिस्थापन गरेको छ । नेपालका कोका–कोलाका राष्ट्रिय निर्देशक आलोक कोहलीले भने, “नेपालका आजका युवा विश्व नागरिक हुन् । टेष्ट द फिलिङ अभियान विषय उनीहरुका लागि सान्दर्भिक देखिन्छ । यो एउटा यस्तो कार्य जसले सम्भवत कोका–कोला ब्राण्डलाई नेपालमा परिवर्तन गर्नेछ ।”
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१