मंगलवार, बैशाख ७, २०७८ साल

आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव सुरु, नेपालसहित ७ देशको सहभागीता

लाेकप्रिय सन्देश २०७२ फागुन २१ गते 847

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीको कलासंस्कृति नै नेपालको सम्पत्ति भएकाले यसको जगेर्ना गर्नुपर्ने बताएका छन्  ।

आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव–२०१६ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल हिमाल, पहाड, तराईको सुन्दरताले भरिपूर्ण देश भएको बताउँदै भने – “महोत्सवमा सहभागिता जनाउन आउनुभएका सम्पूर्ण अतिथिहरु नेपालको सुन्दरतालाई हेरेर जानुहोला ।”

एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा आजदेखि सुरु भएको सो महोत्सव काठमाडौँ लगायत ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ र कास्कीमा समेत प्रदर्शनी गरिनेछ । महोत्सवमा नेपालसहित इन्डोनेसिया, इस्टोनिया, बङ्गलादेश, भारत, मेक्सिको र श्रीलङ्काका कलाकारले आफ्ना लोपोन्मुख लोकनृत्य प्रदर्शनी गर्नेछन् ।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१