मंगलवार, बैशाख ७, २०७८ साल

चैत ७ गतेबाट अन्तर्राष्ट्रिय गरगहना प्रदर्शनी

लाेकप्रिय सन्देश २०७२ फागुन २६ गते 888

काठमाडौं । “नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलको आयोजनामा यही आउँदो चैत ७ देखि ९ गतेसम्म राजधानीको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ आयोजना हुने भएको छ । 

हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका तीन वटा छाता संगठनहरुद्धारा प्रवद्र्धित उक्त काउन्सिललाई यो मेला प्रदर्शनी आयोजना गर्न व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाले समेत सहयोग गरेको छ । 

साठी वटा स्टलहरु रहने प्रदर्शनीमा देश विदेशमा व्यवसायी सहभागी हुने जनाइएको छ । प्रदर्शनी आयोजनाको लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको संयोजकत्व एवं नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणि रत्न शाक्यको सह–संयोजक रहेको मुलु आयोजक समिति र अरु विषयगत समितिहरु बनेका छन् । 

भारत, चीन, थाइल्याण्ड, श्रीलंका, सम्पूर्ण सार्क राष्ट्रहरु र जापान तथा युरोपियन राष्ट्रहरुमा समेत सहभागीको लागी अनुरोध गरिएको आयोजकले जनाएको छ । उनीहरुको अधिकतम सहभागिता जुटाउन बिदेशस्थित कूटनीतिक नियोग, गैरआवासी नेपाली संघका साथै नेपालस्थित विदेशी कुटनीतिक एवं सहयोग, नियोगलाई पनि प्रचारप्रसारका लागि अनुरोध गरिएको छ । 

नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरमा उजागर गर्ने, विभिन्न क्षेत्र र स्थानमा प्रचलित मौलिक एवं परंपरागत आभुषणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदि स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगका लागि आन्तरिक तथा वाह्य प्रविधि एवं पूंजीलाई आकर्षित गर्ने प्रदर्शनको मुख्य उद्देश्य रहेको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१