काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने भन्दै यस वर्ष पनि आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला सम्पन्न भएको छ ।
गत फाल्गुन १९ गतेदेखि फाल्गुन २८ गतेसम्म चलेको मेलामा विभिन्न मुलुकका लोक संस्कृति आदानप्रदान गरिएको थियो । नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको यस कार्यक्रमको नारा ‘पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार’ रहेको छ ।
यस पटकको महोत्सव काठमाडौं, काभे्रपलान्चोक (बनेपा), नुवाकोट (त्रिशुली), धादिङ र पोखरा जस्ता पर्यटकीय क्षेत्रमा सात देशका कलाकारहरुले आफनो देशको कला र संस्कृति प्रस्तुत गरेका थिए ।
विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक तथा बिश्व सम्पदा सुचिमा आबद्ध हनुमानढोका जस्ता पर्यटकीय दरबार क्षेत्रमा यस पटक भने यस्ता लोक संस्कृति कार्यक्रम आयोजना गर्न नसकिएको आयोजकको भनाई छ ।
हरेक दुई दुई वर्षमा आयोजना हुने यस किसिमको कार्यक्रममा यस वर्ष इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, भारत (गुजरात), भारत (पंजाब) र नेपालको सहभागिता थियो । कलाकारहरुले आफ्नो लोकसंस्कृति झल्किने भेषभुषामा लोक नृत्य, संगीत, लोकगीत र पद यात्रा (र्याली) समेत गरेका थिए ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१