मंगलवार, बैशाख ७, २०७८ साल

खौरिया नदीमा जलयात्राको मज्जा लिए राजकुमार ह्यारीले

लाेकप्रिय सन्देश २०७२ चैत्र ८ गते 1.05K

बर्दिया । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्स अल्बर्ट डेभिड (‘ह्यारी) सोमबार बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा आएका उनले आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिएका थिए । 

निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो । प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्रने ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिएका थिए । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । 

विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्याउँदै आएको छ । यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन् । आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउने छन् । 

पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।    रासस


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१