काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गर्ने क्रममा सोमबार गोर्खाको केराबारी–४ स्थित जीवन निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्युटर प्रदान गरेको छ ।
नेप्सेका अध्यक्ष रामजी रेग्मीले विद्यालयका अध्यक्ष सन्तबहादुर गुरुङलाई ती कम्प्युटर हस्तान्तरण गरेका हुन । अध्यक्ष रेग्मीले नेप्सेको यो सहयोगले विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक समेतलाई सूचना प्रविधिसँग जोडिन मद्दत मिल्ने बताए ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले यस वर्ष नेप्सेले बैशाख १२ को भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत रहेर संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१