काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ डिजिटल प्लाजालाई पोखराको महेन्द्र पुलमा पनि विस्तार गरेको छ । सामसङ प्लाजालाई अझ स्तरीय तथा बढी सुविधा सम्पन्न बनाउन सञ्जाल विस्तार गरिएको कम्पनीको भनाई छ ।
समसङका उत्पादनको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादन उपलब्ध गराउन सुविधा सम्पन्न डिजिटल प्लाजा पोखरामा खोलिएको कम्पनीको भनाई छ । हिम इलेक्ट्रोनिक्सका अध्यक्ष सिमा गोल्छाले आइतबार शोरुमको उद्घाटन गरेकी हुन ।
सामसङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरिय उत्पादनहरु लिड टिभी, मोनिटर, प्रिन्टर, मोवाइल, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, वासिङ मेशिन, माइक्रोवेभ ओभन लगायतकासामानहरु विक्री गर्छ । कम्पनीका काडमाडौं उपत्यकामा आठ र बाहिर चार वटा प्लाजा खुलिसकेको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१