मंगलवार, बैशाख ७, २०७८ साल

अर्घाखाँची सिमेन्टद्धारा भूकम्प प्रतिरोधी संरचना निर्माणबारे प्रशिक्षण

लाेकप्रिय सन्देश २०७२ चैत्र २१ गते 1.01K

काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टले निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीलाई जानकारीमूलक प्रशिक्षण दिएको थियो ।गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा शनिबार भक्तपुरमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुईसय निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगी रहेको जनाइएको छ । 

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाजले तयार पारेको भूकम्प प्रतिरोधी भवन निर्माणबारे भिडियो देखाइएको थियो । भवन निर्माण गर्दा अर्घाखाँची ओपीसी सिमेन्टको प्रयोग महत्वपूर्ण हुनुमा गुणस्तरीयता प्रमुख कारण रहेको भन्दै कम्पनी बजार तथा बिक्री वरिष्ठ निर्देशक रमेश थापाले मुलुकमा कर्यन्वयन भइरहेका ठूला आयोजनामा अर्घाखाँची सिमेन्ट प्रयोग हुँदै आएको बताए । 

सिमेन्ट अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको नेपालकै एक गुणस्तरीय ओपीसी सिमेन्ट भएको थापाले बताए । उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा) सिमेन्ट उत्पादन गरेको जानकारी दिएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१