मंगलवार, बैशाख ७, २०७८ साल

वेलकम एडभरटाइजिङले मनायो रजतजयन्ती

लाेकप्रिय सन्देश २०७२ चैत्र २६ गते 1.78K

काठमाडौं । नेपाली विज्ञापन क्षेत्रमा स्थापित कम्पनी वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा.लि. २५औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले एक कार्यक्रम गरी आफ्नो रजतयन्ती मनायो । 

कार्यक्रममा नेपाली विज्ञापन संघ (आन)का पूर्व अध्यक्षसमेत रहेका वेलकम एडभरटाइजिङका प्रबन्ध निर्देशक निर्मल पौडेलले विगत लामो समयदेखि विभिन्न आरोह अवरोह पार गर्ने क्रममा नयाँ खालका अवधारणा एंव प्रविधिलाई आत्मसात गर्दै वेलकम निरन्तर व्यवसायिक सफलताको मार्गमा उन्मुख रहेको बताए ।

उनले कमिशनमा काम गर्ने एजेन्सी मात्र नभई विभिन्न सहायक संस्थासहित एउटा जिम्मेवार संस्था हुन पाएकोमा आफूहरु गौरवान्वित भएको बताए । कम्पनी अन्तर्गतको सामाजिक संस्था एड्माएर नेपालकी अध्यक्ष नीता पौडेलले विगत २४ वर्षदेखि वेलकम एड एजेन्सीबाट सुरुवात भएर वेलकम इभेन्ट, वेलकम वेडिङ, सिइओ हुँदै समय सापेक्ष परिमार्जित भएर आज वेलकम ग्रुपमा परिणत भएकोमा आपूmहरु निकै उत्साहित भएको बताए । 

संस्थाका मिडिया डाइरेक्टर जेवी विष्टले आफूहरु यो स्थानसम्म आइपुग्नका लागि सम्पूर्ण मिडिया, उद्योग व्यवसायी लगायत सम्पूर्ण शुभचिन्तकको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग रहेको बताए । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१