मंगलवार, बैशाख ७, २०७८ साल

'मिस नेपाल-२०१६'को ताज आश्मीलाई, रोशनी फर्स्ट रनर्अप

लाेकप्रिय सन्देश २०७२ चैत्र २७ गते 1.83K

काठमाडौं । यस वर्षको मिस नेपाल सुन्दरी-२०१६ को उपाधि अश्मी श्रेष्ठले हात परेकी छिन्। होटल अन्नपूर्णमामा शुक्रबार भएको अन्तिम चरणको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै २२-वर्षीय बिबिए अध्ययनरत चितवन निवासी श्रेष्ठले उपाधि चुमेकी हुन्। 
गएको ६ हप्तादेखि प्रशिक्षणमा व्यस्त देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै 'मिस नेपाल-२०१६' मा प्रतिस्पर्धा गरिरहेका १९ जना युवती मध्ये ललितपुरकी रोशनी खत्री फर्स्ट  रनर्सअप र सप्तरीकी वर्षा लेखी सेकेन्ड रनर्सअपको उपाधि चुम्न सफल भइन्। 

मिस नेपाल अश्मी श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१६, फस्ट रनर्स अप रोशनी खत्रीले मिस नेपाल अर्थ तथा सेकेन्ड रनर्स अप वर्षा लेखीले मिस नेपाल इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।  

प्रतियोगितामा मिस स्कलर र मिस ब्युटिफुल स्किनको उपाधि प्रेरणा अधिकारीले हात पारिन्। त्यस्तै दुई विधा हात पार्दै रोशनी खत्री मिस कन्फिडेन्ट र मिस पर्सनालिटी बनिन्। १९ प्रतियोगी मध्ये मिस ट्यालेन्ट सिर्जना रेग्मी भईन्। उत्कृष्ट गाउन अवार्ड भने अस्मी श्रेष्ठले हात पारिन्।  

(फोटो फिचर पनि हेर्नुहोस्)


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१