बिहीवार, फागुन २०, २०७७ साल

सूर्यमा देखियो कालो दाग, आकार पृथ्वीभन्दा पनि ठूलो

लाेकप्रिय सन्देश २०७३ जेष्ठ ८ गते 2.19K

काठमाडौं । यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । 

सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड हुने गरेकोमा अहिले दाग देखिएको ठाउँमा करिब एक हजारदेखि १५ सय डिग्री सेन्टिग्रेड कम भएको हुनसक्ने उनको भनाइ छ । सूर्यबाट निस्किने पदार्थ पृथ्वी नजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ । 

सूर्यमा चुम्बकीय गतिविधिले गर्दा तापक्रममा हुने परिवर्तनले गर्दा देखिएको ए आर २५४६ नामको सो दागलाई हामीले पनि नियमित अवलोकन गरिहेका छौँ, उनले भने । 

उक्त दाग खुल्ला आँखाले पनि देख्न सकिने भएपनि त्यसरी हेर्न नहुने, सुरक्षित चश्माबाट भने हेर्न सकिने बताउँदै भट्टराईले कसैलाई हेर्ने चाहना भएमा गौशालास्थित समाजको कार्यालयमा राखिएको टेलिस्कोपबाट हेर्न सकिने प्रबन्ध मिलाइएको पनि जानकारी दिए । रासस


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१