शनिबार, कार्तिक ८, २०७७ साल

मलेसिया, थाइल्याण्ड र स्विट्जरल्याण्डमा संविधान दिवस

लाेकप्रिय सन्देश २०७३ असोज ६ गते 2.82K
बैंककमा आयोजित कार्यक्रमपछि तस्विर खिचाउँदै गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्र ढकाल (वायाँ)सहित । तस्विरः खगेन्द्र ढकाल

काठमाडौं । मुलुकको प्रथम संविधान दिवस एवम् राष्ट्रिय दिवसका अवसरमा मलेसिया, थाइल्याण्ड र स्विट्जरल्याण्डमा मङ्गलबार विविध कार्यक्रम आयोजना गरियो । 

मलेसियाका लागि नेपालका राजदूत नीरञ्जनमान सिंहबस्न्यात, थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र स्विट्जरल्याण्ड तथा संयुक्त राष्ट्रसङ्घ एवम् अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली प्रतिनिधि दीपक धितालले नेपाली नियोगमा उक्त कार्यक्रम आयोजना गरेका हुन । 
 
त्यस अवसरमा राजदूतत्रयले नेपालको संविधानका विशेषताका बारेमा जानकारी दिँदै त्यसले नेपालमा दिगो शान्ति र विकासका निम्ति मार्ग प्रशस्त गरेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
तीनवटै मुलुकका राजधानीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा त्यहाँ रहेका कूटनीतिक नियोगका पदाधिकारी, सरकारी निकायका उच्च अधिकारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली समुदायको उपस्थिति थियो । रासस


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१