शनिबार, कार्तिक ८, २०७७ साल

कावुल बम आक्रमणका पीडितहरुको गुनासोः ‘सरकारले क्षतिपूर्तिको लागि पहलै गरेन

लाेकप्रिय सन्देश २०७३ असोज १७ गते 2.92K

काठमाडौंः केही समयअघि अफगानिस्ताको कावुलमा भएको आतंकवादी वम आक्रमणमा मृत्यु भएकाका नेपालीहरुका आफन्त र घाइतेहरुले सरकारले पीडितहरुको बारेमा कुनै चासो नदेखाएको गुनासो पोखेका छन् । 

सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले सरकारले क्षतिपूर्तिको लागि अहिलेसम्म कुनै पहल नगरेको गुनासो पोखे । घट्नाका घाइते अमृत रोका क्षेत्रीले भनिन्, ‘हामी क्यानडा सरकारको लागि काम गर्दा घाइते भयौं, कति साथीहरु बित्नुभयो, तर क्यानडासँग क्षतिपूर्ति दिलाउने कुरामा सरकारले अहिलेसम्म ठोस पहलकमदी लिएन ।’

उनले घटनामा निधन भएकाहरुलाई बेलायती कम्पनीले पनि ३० हजार डलर मात्रै दिएको र घाइतेहरुलाई तीन महिनामात्रै उपचार गरेको बताए । रोकाका अनुसार उक्त बेलायती कम्पनीसँग सन् २०११ मा कामको सिलसिलामा निधन भएमा तीन लाख डलर प्रदान गर्ने सम्झौता गरेको थियो । 

उनले भने, ‘तर अहिले आएर ३० हजार डलर दिएर खाली पत्रमा कृत्रिम हस्ताक्षर गरी उचित क्षतिपूर्ति नदिने प्रपञ्च रचिरहेको छ ।’ रोकाका अनुसार अहिलेपनि घाइतेहरुको अवस्था चिन्ताजनक नै रहेको छ । 

अर्का घाइते मोहन थापाले पनि उचित क्षतिपूर्ति र थप ९० दिन उपचार गर्नुपर्ने माग गरे । मृतक विदुर सुवेदीकी श्रीमती गंगा सुवदीले पनि ३० हजार डलरले मात्रै नपुग्ने बताउँदै क्षतिपूर्तिको रकम थप गर्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘सरकारले हामीलाई कुनै राम्रो व्यवहार नै गरेन, हामीलाई पीडामाथि झन पीडा थप्ने काम गरेको छ, कहिले यहाँ जानुहोस भन्छन्, त कहिले उहाँ जानु भन्छन तर काम केही गर्दैनन्, हामी धाएकै पनि तीन महिना भैसक्यो ।’

क्यानडा मामिलासम्बन्धी जानकार दीपक भट्टराईले मृत्तकका आफन्तलाई र घाइतेहरुलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागि पर्ने विश्वास दिलाए । उनले भने, ‘क्यानडा सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरे, हामी क्यानडामै कानुनी लडाई लड्छौं, पीडितलाई न्याय दिलाएरै छाड्छौं ।’ 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१