शनिबार, कार्तिक ८, २०७७ साल

न्यूजिल्याण्डबाट इश्वरको घोषणा– प्रवासीको लगानीमा १० वर्षसम्म कर नलिन पहल गछौं

लाेकप्रिय सन्देश २०७३ कार्तिक ९ गते 3.73K

पापामोआ (न्यूजिल्याण्ड): एमालेका महासचिव इश्वर पोखरेलले सम्वृद्ध नेपाल निर्माणका लागि प्रवासी नेपालीको लगानीसँगै उनीहरुले सिकेको ज्ञान र सीप आवश्यक रहेको भन्दै नेपालको विकासमा प्रवासीले पनि सहयोग गर्नुपर्ने बताएका छन् । 

प्रवासी नेपाली मञ्च न्यूजल्याण्डको प्रथम अबिधेशनमा उनले भने– ‘हामी सम्बृद्ध नेपाल निर्माणको बाटोमा छौं, त्यसमा विदेशमा रहेका नेपालीहरुको सहयोगको खाँचो छ ।’ पोखरेलले नेपालमा विस्तारै प्रवासी नेपालीको लगानी भित्रन लागेको बताए ।

उनले विदेशमा रहेका कुनै पनि नेपालीले प्राथमिकताका आधारमा लगानी गर्न चाहन्छ भने राज्यले दश वर्षसम्म राजश्व लिन नहुने भन्दै त्यस किसिमको बाताबरण बनाउन आफ्नोे पार्टी एमाले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

पोखरेलले हामीले हाम्रो काम आफै गर्छुभन्दा छिमेकीलाई असैह्य पीडा भएकाले आमनेपालीले दुःख (नाकाबन्दी)पाए भन्दै भने, ‘अब सबै राजनीतिक दल एक ठाउँमा उभिएर बाह्य हस्तक्षेप र उनीहरुको अनावश्यक चासोलाई निस्तेज पार्नुपर्छ, यसका लागि प्रवासमा रहेका आम नेपालीको साथ र सहयोग चाहिन्छ ।’ 

विभिन्न चरणको आन्दोलनबाट नेपालीले अधिकार प्राप्त गरेपछि संबृद्धिका लागि अघि बढ्न खोज्दा छिमेकीलाई चित्त बुझेन र रोक्न खोजे भन्दै उने भने, ‘तर, अब उनीहरुको चाहाना पूरा हुन सक्दैन मुलुक सम्बृद्धितर्फ लम्कदै गएको छ र एमालेले त्यसको नेतृत्व गरिरहेको छ ।’ 

पोखरेलले विदेशमा साँघुरो दायराका संगठन खोल्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै भने ‘हामीले राजनीतिक रुपमा जुनसुकै विचार बोक्ने व्यक्तिलाई पनि एक ठाउँमा ल्याउन सक्ने संगठन बनाउनुपर्छ ।’ 

एमालेका अर्का नेता आनन्दराम पोखरेलले न्यूजिल्याण्डको विकास र प्रगितले आफूलाई लोभ्याएको बताउँदै प्रवासमा सिकेको सिपलाई नेपालमा प्रयोग गर्न सके नेपालको विकास हुन कति पनि समय नलाग्ने बताए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियका पुर्वअध्यक्ष विनोद श्रेष्ठ, गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका उपाध्यक्ष कमल वाइवा, नेप्लिज एसोशिएसन इन बीओपी न्यूजिल्याण्डका अध्यक्ष रमेश गुरुङ्ग, प्रवासी मञ्ज न्यूजिल्याण्डका अध्यक्ष आत्माराम खनाल लगायतले बोलेका थिए । 

मञ्चको प्रथम अधिबेशनले आत्माराम खनालको नेतृत्वमा १३ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामराजा ओली र बुद्धिराम बन्जाडे, महासचिव प्रदिप रुपाखेती र कोषाध्यक्षमा भावना नेपाललाई निर्वाचित भएका छन ।


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१