शनिबार, कार्तिक ८, २०७७ साल

अष्ट्रेलियाका एनआएनद्धारा अन्तर्राष्ट्रियस्तरको कलिनरी एकेडेमी स्थापना

लाेकप्रिय सन्देश २०७३ कार्तिक १० गते 2.76K

काठमाडौंः गैरआवासीय नेपाली संघ अस्ट्र्लियाका केही पूर्व पदाधिकारीहरू र आथित्यता क्षेत्रका विज्ञहरुको पहलमा अन्तर्राष्ट्रिय स्तरको प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी एकेडेमीको स्थापना गरिएको जनाइएको छ ।

वैदेशिक रोजगार वा स्वदेशमा होटल व्यवसायमा लागेर स्थापित हुन चाहनेहरूलाई मध्यनजर गरी यस्तो शैक्षिक संस्था सुरु गरेको उनीहरुले जानकारी दिएका छन् । एकेडेमीका पहिलो इन्टेकका विद्यार्थीले राम्रो उपलब्धि हात पारेको र अब दोस्रो इन्टेकका लागिसमेत भर्ना खोलिएको जनाइएको छ । 

मैतीदेवीस्तिथ सेतोपुलमा रहेको उक्त एकेडेमी अष्ट्रेलिया सरकार र नेपाल सरकारबाट मान्यता प्राप्त संस्था भएको अष्ट्रेलियाका पूर्व एनआरएन अध्यक्ष गणेश केसीले बताए । 

नेपाल पर्यटकीय देश भएकाले हस्पिटालिटीसँग सम्बन्धित शिक्षा प्रभावकारी हुने उनको तर्क छ । यस्तै, एकेडेमीका निर्देशक सुशील थापाले एकेडेमीले हस्पिटालिटी र कुलिनरीसँग सम्बन्धित प्रयोगात्मक शिक्षालाई जोड दिइएको बताए । थापाका अनुसार पहिलो व्याचमा ३० जना विद्यार्थी पढिरहेका छन् । 

उक्त एकेडेमीले अष्ट्रेलियाको अष्ट्रेलियन इन्टरनेशनल कलिनरी सर्भिसेजबाट सम्बन्धन प्राप्त गरेको र यही सम्बन्धनका आधारमा एकेडेमीले कलिनरी, बेकरी, बारिष्टा, बार टेन्टिङ, फ्रन्ट डेस्क म्यानेजमेन्ट, हाउस किपिङ जस्ता कोर्सहरु पढाउने जनाइएको छ । 

एकेडेमीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट समेत सम्बन्धन पाएको वक्ताहरुले बताए । उक्त एकेडेमीबाट उत्तीर्ण हुने विद्यार्थीलाई पूर्ण रोजगारीको समेत व्यवस्था गरिने उनीहरुले गरे । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१