आईतवार, कार्तिक ९, २०७७ साल

नेपाल फेस्टिवल- अष्ट्रेलियाको पहिलो श्रृंखला ब्रिसबेनमा सम्पन्न

लाेकप्रिय सन्देश २०७३ कार्तिक २८ गते 3.44K

ब्रिसबेन (अष्ट्रेलिया): प्रत्येक दुर्इ बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा हुँदै आएको नेपाल फेस्टिवल (महोत्सव) अन्तर्गत यस पटकको नेपाल फेस्टिवल सुरु भएको छ । यसको पहिलो श्रृंखला शनिबार ब्रिस्बेनमा सम्पन्न भयो ।

फेष्टिवलमा हजारौं सहभागी भएको गैरआवासीय नेपाली संघकी प्रवक्ता रञ्जु थापाले बताएकी छिन् । फेस्टिवललाई प्रचार प्रसार गर्ने र नेपाली पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिभवलको एक  दिन अगावै पदयात्रा र फेष्टिवलको दिन नेपालको पर्यटनसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । 

फेष्टिवल उदघाटन कार्यक्रमका प्रमुख अथिति अष्ट्रेलियाका सांंसद ग्रेस ग्रेस र संघका कन्द्रीय अध्यक्ष शेष घलेले पानशमा बत्ति बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष अभिमानसिंह बस्नेतले नेपाल सबै दृष्टिकोणले पर्यटकको लागि एकदमै सुरक्षित स्थल भईसककोले नेपाल घुम्न जान आग्रह गरे । 

उदघाटन कार्यक्रममा नेपाली कला संस्कृति झल्कने लाखे नाच, विभिन्न भेष भुषा झल्कने झाँकी र परेडहरु प्रस्तुत गरिएको थियो । सांसद ग्रेसले ब्रिसबेनमा सम्पन्न हुदै गरेको तेस्रो नेपाल महोत्सवले बहुसाँस्कृतिक अस्ट्रेलियामा नेपालीहरुको सुखद उपस्थितिको सन्देश दिँदै आएको बताए । कला र संस्कृतिमा धनी नेपालीहरुलाई नजिकबाट चिन्न र जान्न  यो फेस्टिभल निक्कै फलदायी भएको उनले बताए । 

संघका कन्द्रीय अध्यक्ष शेष घलेले अस्ट्रेलियाको बहुसाँकृतिक समुदायमा प्रत्येक २दुई बर्षमा आयोजना हुदै आएको यस फेस्टिवल आफैमा बहुसांस्कृतिक अस्ट्रेलियाको लागि समेत गर्व गर्न लायक विषय भएका कारण यस्ता खालका महोत्सवहरुमा नेपाल सरकार, पर्यटन नेपाल बोर्ड र यहाँको राज्य सरकार, बहुसांस्कृतिक क्षेत्र हेर्ने निकायले सहयोग गर्न सके कार्यक्रम झन् सफल हुने बताए । 

नेपाली दूताबासको तर्फबाट डिल्लीराम शर्माले गैरआवासीय नेपाली संघसँग सम्भब हुने सबै क्षेत्रमा दूताबास सहकार्य गर्न तयार रहेको बताए । नेपाली खानाका परिकारहरुको स्वाद लिन र नेपाली कला संस्कृति हेर्न पाइने व्यवस्था गरिएको महोत्सवमा अस्ट्रेलियाकी सबै भन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने अलयस्सा अजरलाई सम्मान गरिएको थियो ।  

त्यस्तै, नेपलिज एशोसिएसन अफ  क्वीन्स्ल्यान्डका अध्यक्ष गोबिन्द बराल, ब्रिसबेन सिटी काउन्सिलका मेयर भिक्की होवार्ड, इप्स्विच सिटी काउन्सिलको मेयर पउल पिसासाले, क्वीन्स्ल्यान्ड मल्टिकल्चरको सदस्य गिटिइ हाउस लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए । 

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नेपाल फेष्टिवलको  ब्रिसबन श्रृंखलालाई सफल पार्न सक्रिय रहने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । औपचारिक कार्यक्रमपछि नेपालबाट आएको कन्दरा ब्याण्ड, गायिका अन्जु पन्त, गायक सुगम पोख्रेल र स्थानीय कलाकारहरुले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१