बिहीवार, भाद्र ३१, २०७८ साल

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सप्ताह सुरु, विश्वभर १५ करोड आप्रवासी कामदार

लाेकप्रिय सन्देश २०७३ मंसिर २८ गते 3.22K

काठमाडौंः अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सोमबारबाट सप्ताहताहव्यापी रुपमा मनाइने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले पत्रकार सम्मेलन गरेर यस दिवस मनाउन सुरु भएको जनाएको हो । 

श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार व्यवसायी सङ्घ र यो क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउनेछन् । आप्रवास दिवसका अवसर पारेर पुस ३ गते वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय, श्रमग्राम ताहाचलमा मूल कार्यक्रमको आयोजना गरिने मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले जानकारी दिइन ।

सोही दिन नै वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत सुरु गरिनेछ । वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा कार्यक्रम उपसमिति र सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालको नेतृत्वमा प्रचारप्रसार, र्याली तथा समारोह व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)का अनुसार विश्वभर २३ करोडभन्दा बढी मानिस आप्रवासीका रुपमा रहेका छन् जसमध्ये १५ करोड आप्रवासी कामदार रहेका छन् । नेपालबाट बर्सेनि करिब पाँच लाख युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । 

सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यो वर्ष पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस परेको छ ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानवअधिकार र विदेशी नागरिक भएका कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाइने गरेको छ ।


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१