आईतवार, कार्तिक ९, २०७७ साल

'माओवादी द्धन्द्धले विकासमा पछि पर्यौं, अब संविधान कार्यान्वयन गरी विकास'

लाेकप्रिय सन्देश २०७३ माघ २ गते 2.96K

वासिङ्टनः परराष्ट्रमन्त्री प्रकाशशरण महतले अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालमा लगानी भित्र्ययाउन र आफूले सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाचौँ साधारणसभामा शनिबार टेक्सासको डालासमा उने नेपाल नयाँ संविधान कार्यान्वयन गरेर आर्थिक विकासमा लाग्न लागेकोले यस अभियानलाई साथ दिन आग्रह गरे । 

समृद्ध नेपाल निर्माण गर्न विश्वका कुना काप्चामा रहेका नेपालीको भूमिका अहम् हुने महतको भनाई थियो । माओवादीले सिर्जना गरेको सशस्त्र द्वन्द्वले मुलुक आर्थिक विकासमा पछि परेको भन्दै उनले अब विकास निर्माणको काममा ढिलो गर्न नहुने बताए । 

मन्त्री महतले नेपालमा विगतमा जस्तै लगानीको वातावरण छैन भन्ने गरिएको तर त्यसमा सत्यता नरहेको बताए । उनले नेपालमा विदेशीहरु पनि लगानीका लागि आइरहेकोले गैरआवासीय नेपाली पनि आउनुपर्ने बताए । 

हिजोआज नेपालमा राष्ट्रियताको विषयलाई अनावश्यक रुपमा उचालिएको महतको भनाई थियो । उनले वर्तमान सरकारको विदेश नीति कहिले कता त कहिले कता ढल्किएको भन्ने गरिएकोतर्फ सङ्केत गर्दै भने – “नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन, नेपालतर्फमात्र ढल्किएको छ । 

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष केशव पौडेलले बोलेका थिए । साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब पाँचसय गैरआवासीय नेपाली प्रतिनिधिको सहभागिता रहेको छ । 

अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ १० हजारभन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तीमा पनि तीन लाख नेपाली रहेका छन् । एक अनौपचारिक तथ्याङ्कअनुसार हाल अमेरिकामा नेपाली समुदायले मात्र कम्तीमा एक खर्ब आर्थिक लगानी गरेका छन् ।

टेक्सास राज्यमा मात्र एक हजारभन्दा बढी नेपालीको व्यवसाय रहेको छ । अमेरिकामा रहेका नेपालीले यहाँ ग्यास स्टेसन, सूचना प्रविधि, स्टोर, ब्युटिपार्लरलगायतका क्षेत्रमा लगानी गरेका छन् ।


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१