शनिबार, कार्तिक ८, २०७७ साल

शाखा अधिकृत पदमा ५४ गुणा बढी आवेदन

रासस. २०७३ माघ २ गते 2.88K

काठमाडौंः लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । 

आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायण गौतमले जानकारी दिए । 

उनका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए । शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताए । 

प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मङ्सिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो । मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दर्खास्त आवेदन माग गरिएको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न व्यवस्था गरेको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१