आईतवार, कार्तिक १६, २०७७ साल

मुसहर बस्ती बनाउन धुर्मुस-सुन्तलीले सिड्नीबाट १७ लाख जुटाए

लाेकप्रिय सन्देश २०७३ माघ १० गते 2.93K

काठमाडौंः तेस्रो चरणको एकीकृत नमुना बस्ती निर्माण गर्ने क्रममा धनुषाका मुसहरहरुलार्ई घर बनाउन जुटेको हास्य कलाकारद्धय धुर्मुस-सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे)ले अष्ट्रेलियाको सिड्नीमा १७ लाख रुपियाँ जुटाउन सफल भएका छन् । 

मुसहर वस्ती निर्माणका लागि सहयोग संकलन गर्न जनवरी २१ मा गज्जबको इभेन्ट्सद्धारा आयोजित कार्यक्रममा प्रस्तुति दिएका उनीहरुले उक्त रकम संकलन गर्न सफल भएका हुन । यद्यपि यो रकम अपेक्षा गरेभन्दा निकै कम हो । कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका सीतारामले अष्ट्रेलियाका दुई कार्यक्रम अझै बाँकी रहेको जानकारी  दिएका छन् । अष्ट्रेलियामा धुर्मुस-सुन्तलीले जनवरी २९ मा मेलवर्न र फेब्रुअरी ४ मा ब्रीस्बेनमा कार्यक्रम गर्ने तय भएको जानकारी दिएका छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोगको लागी आग्रह गदै उनले सहयोग गर्न चाहने जो कोहिलाई सहयोगको लागी अनुरोध पनि गरेका छन् । 

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गदै गरेको एकिकृत नमुना मुसहर बस्तीका लागी अझै थुप्रै सहयोगको खाचो भएको बताउदै सीतारामले छिटै सहयोग रकम संकलन भए आफूहरुले नयाँ बर्षमा बस्ति हस्तान्तरण गर्ने योजना पुरा हुने बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत नमुना मुसहर बस्तिको अहिले १५ प्रतिशत काम सकिएको छ । हालसम्ममा  बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग निस्किएको छ भने ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको उनीहरुले जनाएका छन् । मुसहर बस्ती निर्माणका लागी करीब १ सय मुसहरहरु श्रमदानमा खटिएका  छन् । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१