शनिबार, कार्तिक ८, २०७७ साल

'अष्ट्रेलिया एडमिशन डे जेनवरी २०१७' सम्पन्न, कार्यक्रममा शेष घले पनि सहभागी

लाेकप्रिय सन्देश २०७३ माघ १० गते 2.71K

काठमाडौंः सन् २००८ मा स्थापित एइसीसीले ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ आयोजना गरेको छ । आइतबार बिहान ११ देखि बेलुकी ४ बजेसम्म होटल याक एण्ड यतिमा आयोजना भएको यस कार्यक्रममा करिव नौसय विद्यार्थी सहभागी भएको आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक शेष घले पनि सहभागी भएका थिए । नेपालमै पहिलो पटक विदेश अध्ययनसम्बन्धी जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदनसम्बन्धी जानकारी लिने अवसर प्रदान भएको थियो । अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा इञ्जिनियरिङ, कम्प्युटिङ, आइटी, टेलिकम्युनिकेशन, मेडिसिन र नर्सिङ जस्ता विषयमा अध्ययनका साथै अन्य विषयका बारेमा समेत जानकारी उपलब्ध गराइएको थियो । 

सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरिएको थियो । विद्यार्थीले २२ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी प्राप्त गरेको आयोजकको भनाई छ । 

साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसर पनि कार्यक्रममा प्रदान गरिएको भन्दै एइसीसीले विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्करहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लगायत सुविधा प्राप्त गरेकाछन् । 

कार्यक्रममा सहभागीका लागि आइइएलटीएस, पीटीइ, टोफल अध्ययनका लागि विशेष प्याकेजको व्यवस्थासमेत गरिएको संस्थाले जानकारी दिएको छ । उनीहरुलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्ष सम्मका लागि कार्य अधिकार (वर्क राइट) पनि प्रदान गरिने एइसीसीले विज्ञप्तिमार्फत जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१