शनिबार, कार्तिक ८, २०७७ साल

राजदूतमा सिफारिस शर्मिला भन्छिन– म्यानपावर व्यवसायी भन्दा मर्माहत भएँ

लाेकप्रिय सन्देश २०७३ फागुन १५ गते 3.16K

काठमाडौंः सरकारद्धारा ओमनका लागि नेपाली राजदूतमा सिफारिस शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको दावी गरेकी छन् । 

शनिबार पत्रकार सम्मेलन गरेर उनले राजदुत सिफारिस भएलगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको दावी गरिन । शर्मिलाले भनिन्, ‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन् ।’

उनको वक्तव्यमा भनिएको छ, ‘सर्वप्रथम नेपाल सरकार र राजनीतिक दलहरुप्रति मेरो क्षमतामाथि विश्वास गरेर ओमानको राजदुतमा सिफारिस गरेकोमा आभार प्रकट गर्न चाहन्छु ।’ आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भन्ने खबरप्रति मेरो आपत्ति छ भन्दै शर्मिलाले भनिन्, ‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो ।’ 

उनले थपिन, ‘ओमनमा महिला दिदि बहिनीहरु धेरै हुनुहुन्छ, उहाँहरुको अभिभावकको रुपमा काम गर्नेछु, मनोवैज्ञानिक रुपमा उहाँहरुको समस्या नजिकबाट बुझ्ने काम गर्नेछु ।’ आफू दुबईमा बसेर अध्ययनका साथै कस्मेटिक्स व्यावसाय गर्दै आएको र दुबईको ओलङगुन विश्वविद्यालयमा बिजनेश स्टडिजमा अध्ययन गर्दै आएको भन्दै शर्मिलाले सँगै त्रिभुवन विश्वविद्यालयबाट पनि अंग्रेजीमा स्नाकोत्तर गरेको बताइन । 

अहिले म बेद र बाइबलमा केन्द्रित रही नेपाल संस्कृत विश्वविद्यालयबाट महिला सुरक्षा विषयमा विद्यावारिधी गरिरहेको उनले बताइन । शर्मिलाले कस्मेटिक्सबाहेक आफ्नो कुनै अरु व्यवसाय नरहेको जिकिर गरिन । उनले थपिन्, ‘हाल म त्यो व्यावसायमा पनि छैन । अहिले म नितान्त रुमपा अध्ययन र समाजसेवामा समर्पित भएर लागेकी छु ।’

नौ महिनाअघि अघिल्लो सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि आफूले गर्दै आएको व्यावसायबाट अलग उनको दावी थियो । शर्मिलाले कुटनीतिक अनुभवका आधारमा नै सरकारले आफूलाई राजदुत नियुक्तिको सिफारिस गरेको जिकिर गरिन । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१