आईतवार, कार्तिक १६, २०७७ साल

सन् २०१८ मा कामका लागि १० हजार नेपाली कोरिया जान पाउने

लाेकप्रिय सन्देश २०७३ फागुन १६ गते 5.4K
फाइल फोटो

काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने तयारी गरेको छ । 

नेपाल कामदार अन्य मुलुकभन्दा बढी इमान्दार र कोरियामा लुकेर बस्ने नेपालीहरुको सख्यामा कमी आएकाले कोटा थप गर्न लागिएको हो । इपिएस प्रणालीअन्तर्गत सन् २००७ देखि हालसम्म सात लट कामदार लगिसकेको कोरियाले आठौं लटमा कोटा उल्लेख्य बढाउने संकेत दिएको हो । 

गत सातासम्म कामका लागि कोरिया जाने नेपालीहरुको संख्या ४३ हजार नाघिसकेको छ । आठौं लटका लागि कोरियाले ईपिएस भाषा परीक्षामा छ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी सन् २०१८ मा परीक्षा लिन लागेको हो । 

इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै आवश्ययक जानकारी र फारम भर्न पाउने छन्। फारम भर्ने मिति चैत ९ देखि १८ गतेसम्म रहने जनाइएको छ । 

अनलाइन फारम भर्ने व्यवस्थाले परीक्षार्थीहरुलाई विगतमा जस्तो रातभर लाइन बस्नुपर्ने समस्या हुनेछैन । उनीहरुले जेठको अन्तिम सातामा इपीएस एचआरडीले लिने भाषा परीक्षामा सहभागी हुन पाउनेछन् । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१