शनिबार, कार्तिक ८, २०७७ साल

कोरियन भाषाको आबेदन चैत ९ देखि १८ गतेसम्म, परीक्षा भने जेठ २७ र २८ गते

लाेकप्रिय सन्देश २०७३ फागुन २४ गते 5.71K

काठमाडौँ : वैदेशिक रोजगार विभाग इपिएस शाखाले मंगलबार कोरिया जानको लागि चैत ९ गतेदेखि १८ गतेसम्ममा फारम भर्ने सूचना प्रकाशित गरेको छ । भाषा परीक्षा भने जेठ २७ र २८ गते हुने तय भएको छ ।

कोरिया बैदेशिक रोजगारीको लागि नेपालीका लागि आकर्षक गन्तब्य रहँदै आएको छ । शाखाका अनुसार आवेदकले अनलाइनमार्फत पनि फारम भर्न सक्नेछन्।
 
विभागका अनुसार अर्को वर्षका लागि १० हजार २ सय नेपाली कामदार कोरियाले लाने तयारी गरेको छ । विभागका अनुसार ४ हजार उत्पादनमूलक क्षेत्र र ६ हजार २ सय कृषि क्षेत्रमा कामदारको माग भएको छ।
 
भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन फाराम भर्नु एक दिनअघि ग्लोबल आइएमर्इ बैंकमा गएर २४ अमेरिकी डलर बराबरको रकम तिरेपछि अनलाइनमा फाराम भर्नुपर्ने हुन्छ ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१