शनिबार, कार्तिक ८, २०७७ साल

आरजुले लण्डन दूतावास छोडिन, बल्ल हल्का भयो– कर्मचारीहरु

लाेकप्रिय सन्देश २०७३ फागुन २५ गते 23.94K
फाइल फोटो

काठमाडौंः झण्डै दुई महिनाको लण्डन बसाईपछि आरजु राणा देउवा लण्डनबाट जेनेभा सरेकी छन् । छोरो भेटन भनेर लण्डन पुगेकी आरजुले दूतावासकै कर्मचारीदेखि स्थानीय नेपालीहरुले आलोचना गरेपछि त्यहाँस्थित नेपाली दूतावास छोडेर जेनेभा जान बाध्य भएकी हुन । 

उनी लण्डनबाट अर्को महिना मात्रै फर्किने कार्यक्रम थियो । आरजु लामो समयसम्म दूतावासमा बसिदिँदा नियमित काममा लाग्नुपर्ने राजदूतदेखि अन्य कर्मचारीहरु उनको स्याहार र सत्कारमा लाग्न बाध्य भएकी थिइन । काँग्रेसको पार्टी सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लामो समयसम्म एक्लै छोडेर लण्डन बस्नुलाई धेरैले रहस्यको रुपमा लिँदै आएका थिए । 

शेरबहादुर छोरा जयवीर विरामी भएकोले भेटन भन्दै आरजु जनवरीको पहिलो साता लण्डन पुगेकी थिइन । तर जयवीर स्वस्थ रहेको र आमासँगै विभिन्न व्यक्तिहरुले आयोजना गरेका भोजभतेरदेखि घुमफिरका कार्यक्रममा सँगसँगै डुल्ने गरेको लण्डनका प्रत्यक्षदर्शीहरुले बताउने गरेका थिए । 

लण्डन दूतावासमा लामो समयसम्म बसेर हैरान भएको कर्पोरेट नेपालमा प्रकाशित समाचार भाइरल भएपछि आरजु लण्डन बसाई छोट्याएर स्वीजरल्याण्ड जान बाध्य भएकी हुन । दूतावास स्रोतले  भन्यो– उहाँ अर्को महिना मात्रै यहाँबाट फर्किने कार्यक्रम थियो । एकाएक जेनेभातर्फ जानुभयो । नफर्किनेगरी । सायदै उतैबाट नेपाल जानुहोला । 

बेलायतका लागि नेपाली राजदूत दुर्गा सुवेदीले भने यस विषयमा बोल्न चाहेनन् । प्रवक्ताको भूमिकामा समेत रहेका दूतावासकै उपसचिव शरदराज आरनले भने – नेपालबाट कोही भिआईपी (विशिष्ट) व्यक्तिहरु आउँदा कोही राजदुत सरको निवासमा बस्नुहुन्छ । कोही मेरोमा । उहाँहरुलाई छुट्टै खर्चमा दूतावासले पाल्ने भन्ने हुँदैन । खाली छ भने यहाँहरु जति पनि बस्न सक्नुहुन्छ । 

यद्यपि उनले एउटै व्यक्ति महिनौ पाल्दा र दूतावासको गाडि  दुरुपयोग गर्दा आफूहरुलाई पर्ने अप्ठ्यारो भने खुलाउन चाहेनन् । हामीले खाने चामलमा पाँच मुट्ठी थप्ने त हो नि, त्यसमा के अप्ठ्यारो हुन्छ र ? – आरनले भने । 

उनका अनुसार आथित्यता सत्कारका लागि आउने सानो बजेट राष्ट्रिय दिवसहरुमा नै सकिने भएकाले आथित्यता सत्कारको लागि छुट्टै रकम दूतावाससँग हुँदैन । सीमित बजेट र सीमित तलव सुविधामा चल्नुपर्ने विदेशस्थित नेपाली दूतावासका कर्मचारीहरुमा आरजु जस्ता सार्वजनिक पद तथा राजनीतिक छवि भएकाहरु लामो समयसम्म बसिदिँदा हैरान हुने गरेका छन् । आरजु हिँडेपछि अहिले दूतावास हल्का भएको दूतावसकै एक कर्मचारीले बताए । 

यो पनि पढनुहोसः
लण्डन दूतावासका कर्मचारी भन्छन– आरजुलाई स्याहार्दैमा हैरान भैयो 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१