शनिबार, कार्तिक ८, २०७७ साल

'एचआर मिट' चैत १६ र १७ मा, नेपालको मानव संशोधन विकासबारे छलफल हुने

लाेकप्रिय सन्देश २०७३ चैत्र २ गते 2.8K

काठमाडौंः ग्रोथ सेलर्सले बार्षिकरुपमा आयोजना गर्दै आएको मानव संशाधनसम्वन्धी मेला एचआर मिट यस बर्ष चैत १६ र १७ गते राजधानीमा गर्ने भएको छ । एचआर मिटको यो दशौं संस्करण हो । 

मेलामा निजी क्षेत्र, सरकारी, अर्धसरकारी, गैरसरकारी संघसंस्थाबाट २५० जना सहभागी हुने मेला संयोजन समितिका संयोजक मोहन ओझाले बताए । उनका अनुसार अहिलेसम्म ५० प्रतिशतले सहभागिताको प्रतिवद्धता जनाइसकेका छन् । 

एचआर मिटको यस बर्षको प्रमुख वक्ताहरुमा टिभिआरएलएसका अध्यक्ष डा टिभी राव, फ्याकल्टी अफ जेभियर ल्याबर रिलेशन इन्ष्टिच्युटका प्राडा आइएसएफ राज रहेका छन् । स्वदेश र विदेशी विज्ञबाट सहभागी हुने जनाइएको मेलामा कार्यकारी निर्देशक तथा मानव संशाधन विज्ञबीच नेपालको मानव संशाधनको अवस्थाबारे छलफल हुने ओझाले जानकारी दिए । 

नेपालका कर्पोरेट हाउसहरुले मानव संशाधन विकासको लागि गर्ने खर्चलाई लगानीको रुपमा नलिने गरेको उनले बताए । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१