शनिबार, कार्तिक ८, २०७७ साल

वैदेशिक रोजगारमा गएकाहरुको सुविधाका लागि खाडी मुलुकमा घुम्ती शिविर

लाेकप्रिय सन्देश २०७३ चैत्र २ गते 2.66K

काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ । 

शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि नवीकरण, बिमा नवीकरण, कल्याणकारी कोषको रकम थप लगायत काम गरिनेछ ।

वैदेशिक रोजगारीको समस्या समाधान गरी प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टङ्कमणि शर्माको संयोजकत्वमा केही दिनअघि कार्यदल गठन गरिएको थियो । कार्यदलमा गृह, परराष्ट्र र  श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य छन् । 

शिविर सञ्चालन गरेर भए पनि कामदारको समस्या समाधान गर्न कार्यदल गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।     कार्यदलले शिविर सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको कार्यदलका आमन्त्रित सदस्य सुशील ढुङ्गानाले जानकारी दिए । 

कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र मलेसिया लगायतका नेपालीको प्रमुख गन्तव्य मुलुकका विभिन्न सहरमा पुगेर शिविरले कामदारका लागि सहजीकरण गर्ने जनाइएको छ । 

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन तथा त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न शिविरले काम गर्ने अपेक्षा गरिएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१