आईतवार, कार्तिक १६, २०७७ साल

कोरियन भाषा परीक्षाको आबेदन आजबाट खुला, अनलाइनमार्फत फारम भर्ने व्यवस्था

लाेकप्रिय सन्देश २०७३ चैत्र ९ गते 3.39K

काठमाडौं:इपीएस कोरियन भाषा परीक्षाको लागि बुधबारदेखि आवेदन खुल्ला भएको छ । परीक्षा आगामी जेठ २७ र २८ गतेका लागि तय गरिएको छ ।  

यसअघि लाइन लागेर तोकिएको स्थानमा फारम भर्नुपर्ने बाध्यता भने यसपाली रहँदैन किनभने यसपटकदेखि अनलाइनमार्फत फारम भनुपर्ने व्यवस्था गरिएको छ ।

फारम भर्नका लागि सबैभन्दा पहिले ग्लोबल आइएमइ बैंकमार्फत तोकिएको शुल्क अमेरिकी डलर २० तिर्नुपर्नेछ ।  सो रकम बुझाएको भौचरको नम्बर र पासपोर्ट नम्बर इपिएस कोरियाको साइटमा इन्ट्री गरेर फाराम भर्नुपर्ने हुन्छ ।

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि खुला भएको आवेदन फाराम चैत १८ गते राति १२ बजेसम्म कायम रहने छ ।

फारम भर्नका लागि इमेल आईडी पनि आवश्यक पर्छ। परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ। जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

फारम भर्न निम्न ठेगानामा जानुहोस । https://eoers.epsnepal.gov.np/

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१