शनिबार, कार्तिक ८, २०७७ साल

म्यादी प्रहरी हुने हो ? आजबाट भर्ना खुल्यो

लाेकप्रिय सन्देश २०७३ चैत्र ११ गते 3.62K
फाइल फोटो

काठमाडौंः नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरीले ७५ हजारको संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो । 

योसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । 

म्यादी प्रहरीले साधारण लेखपढ गर्न जान्ने भए पुग्ने छ । तर कुनै राजनीतिक दलको सदस्यता भने लिएको हुननहुने जनाइएको छ । दरखास्त दिन आज बिहीबारदेखि आउँदो १७ गतेसम्मलाई समय तोकिएको छ । 

निर्वाचनका लागि तोकिएको ठाउँमा ५५ दिन खटिनुपर्ने म्यादी प्रहरीले एउटा प्रहरी जवानले पाएसरह तलव सुविधा पाउने प्रहरीले जनाएको छ । छनोट भएकाहरुलाई प्रशिक्षण दिएर मात्रै खटाइनेछ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Saturday, Oct 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१