आईतवार, कार्तिक १६, २०७७ साल

दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार बढीको आवेदन, कृषि क्षेत्रतर्फमात्र ५१ हजार २२०

लाेकप्रिय सन्देश २०७३ चैत्र १९ गते 2.64K

काठमाडौँ:  वैदेशिक रोजगारीको लागि प्रमुख गन्तब्य बनिरहेको दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६०७ युवाले आवेदन दिएका छन् । 

चैत ९ गते देखि १८ गते सम्म खुलेको आवेदनमा कृषि क्षेत्रतर्फ ५१ हजार २२०  र उत्पादनमूलक क्षेत्रतर्फ २४ हजार ३८७ जनाले आबेदन दिएका   इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।  

उनका अनुसार १० हजार भन्दाबढी महिलाको आबेदन परेको छ । यसपटक पहिलो चोटी अनलाइनमार्फत आवेदन लिइएको थियो । 

दक्षिण कोरियाले सन् २०१८ को लागि १० हजारको हाराहारी मा पास गर्ने सिमा तोकेको छ, उनले भने पास गरेका जति सबै जना कोरिया जना पाउछन भन्ने होइन। रोजगारदाताको छ्नॊट अनुसार रोजगारीको पक्का हुने भण्डारी बताउछन  ।

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

आगामी जेठ २७ र २८ गते भाषा परीक्षा हुने छ । प्राबिधिक कारणले यो पटक भाषा परीक्षा काठमाडौँमा मात्र हुने भण्डारीले बताए ।
 
 गत वर्ष ३५ सयका लागि संख्या ६० हजार ६०० भन्दाबढी परीक्षार्थी सहभागी भएका थिए। तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ ।

सन् २००८ देखि  ४२ हजार भन्दाबढी युवा रोजगारीका लागि  इपीएस मार्फत दक्षिण कोरिया गएका छन् ।


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१