बिहीवार, फागुन २०, २०७७ साल

अदालतको अन्तरिम आदेशमा दर्ता भएका म्यानपावर कम्पनीलाई काम गर्न नदिन निर्देशन !

लाेकप्रिय सन्देश २०७३ चैत्र ३१ गते 3.97K
फाइल फोटो

काठमाडौंः श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिले भएको म्यानपावर कम्पनीहरु बढि भइरहेको बेला वैदेशिक रोजगार विभागले थप म्यानपावर कम्पनीहरु दर्ता गरेकोप्रति आश्चर्य जनाएको छ । 

समितिले बिहीबार श्रम तथा रोजगार मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई समितिमा बोलाएर थप कम्पनी दर्ता गरिएको बारेमा सोधिएको हो । सचिव र महानिर्देशकले भने अदालतको आदेश र मन्त्रालयको निर्देशनअनुसार एकसयभन्दा बढि कम्पनीलाई दर्ता गरिएको जानकारी दिएका थिए । 

समितिले वैदेशिक रोजगारी बढ्दो ठगी नियन्त्रण गर्न विभागले प्रभावकारी काम नगरेको भन्दै यस्ता ठगी नियन्त्रणको लागि योजना बनाई काम गर्न निर्देशन दिएको छ । समितिको बैठकले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुको प्रभावकारी अनुगमन गरी गैरकानूनी क्रियाकलापमा संलग्न म्यानपावर कम्पनीलाई कारवाही समेत गर्न र त्यसको प्रतिवेदन तीन महिनाभित्र पेश गर्न पनि भनेको छ । 

वैदेशिक रोजगार ऐनको नयाँ मस्यौदा भइरहेको, संघीय संरचना अनुसार वैदेशिक रोजागर व्यवसायको नियमन तथा अनुगमन कसरी हुने ? भन्ने यकिन भइनसकेको र हालका म्यानपावर कम्पनीलाई व्यवस्थित गर्न नसकिरहेको अवस्थामा नयाँ म्यानपावर कम्पनीहरुलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत नदिन पनि पनि समितिले निर्देशन दिएको छ । 

चालु आर्थिक बर्षमा अदालतको पैmसलाबाट दर्ता भएका म्यानपावर कम्पनीबाहेक अन्य म्यानपावर कम्पनीहरुको हकमा अदालतको आदेशको पुनरावलोकनको लागि निवेदन दिन र अदालतको अन्तिम आदेश नआउँदासम्म अन्तरिम आदेशबाट दर्ता भएका कम्पनीहरुको कारोवार र कामकारवाही रोक्का राख्न निर्देशन दिइएको छ । 

वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिए नलिएको प्रभावकारी अनुगमन गरी तालिममा सहभागी नभएका कामदारलाई पनि तालिम पूरा गरेको प्रमाणपत्र दिने कार्यको छानविन गरी प्रमाणपत्र दिने तालिम प्रदायक संस्थाको इजाजतपत्र रद्द गर्न समितिले निर्देशन दिएको छ । 

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको नियमन र व्यवस्थापनमा देखापरेका समस्याहरुको समाधानको लागि कानूनी सुधारको लागि वैदेशिक रोजगार ऐन, २०६४ संशोधनको प्रक्रिया तुरुन्त सुरु गर्ने व्यवस्था गर्न पनि बैठकको निर्णयमा उल्लेख छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१