मंगलवार, मंसिर ९, २०७७ साल

अमेरिकाको चेतावनीका बीच उत्तर कोरियाद्वारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सिन्हवा/एएफपी . २०७४ बैशाख १६ गते 3.77K

सोलः अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएको केही समयमा नै त्यसको प्रतिक्रियामा  उत्तर कोरियाले पुनः एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । 

यद्यपि यो परिक्षण सफल भने हुन सकेन् । दक्षिण कोरिया र अमेरिकी अधिकारीका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही समयपछि नै विस्फोट भएको थियो । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । 

प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान ०५ः३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो । दक्षिण कोरियाली सैनिक स्रोतका अनुसार क्षेप्यास्त्रका प्रकृतिलगायत विस्तृत विवरण अझै पनि अनुसन्धारत नै रहेको छ । 

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिएका थिए । कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको उनको भनाई थियो । 

यसअघि नै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिक समेत गरेको छ । 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम आफ्ना लागि ठूलो विश्वव्यापी चिन्ताको विषय भएको बताए । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको सङ्ज्ञा दिँदै उनले आफ्नो अटेर गर्ने छमेकीलाई दबाब बढाइरहेको पनि ट्रम्पले जानकारी दिएको थिए। 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१