नेपालगन्ज । नेपालगन्जमा बिहिवारदेखि रोजगार मेला सुरु भएको छ । रोजगार मेलामा जाऔँ बेरोजगारी हटाऔँ, आफुलाई आत्मनिर्भर र राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मूल नाराका साथ मेला सुरु भएको हो ।
उद्योग, व्यवसाय लगायत व्यवसायिक सेवा प्रदायक फर्महरुमा रिक्त रहेको पदहरुलाई पदपूर्ति गर्ने उद्देश्यले रोजगारदाता र रोजगारीका इच्छुक व्यक्तिहरुलाई एउटै स्थानमा भेला गराई दुवैको आवश्यकतालाई परिपूर्ति र समाधान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।
अन्तर्रा्ष्ट्रिय श्रम संगठन,नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौ र नेपालगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजना र रोजगार सूचना केन्द्र, नेपालगन्जको सहकार्यमा सुरु भएको नेपालगन्ज रोजगार मेला–२०७४ शुक्रबारसम्म संचालन हुनेछ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँकेका प्रम’ख जिल्ला अधिकारी रवीलाल पन्थ, प्रहरी उपरीक्षक टेकप्रसाद राई, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१