आईतवार, कार्तिक ९, २०७७ साल

भारत र पाकिस्तानको सीमा क्षेत्रमा सैनिक परेडमै प्रतिष्पर्धा

लाेकप्रिय सन्देश २०७४ भाद्र ९ गते 3.99K

गोविन्द शर्मा । बाघा बोर्डर (अमृतसर),  – पाकिस्तानको लाहोरबाट झण्डै २३ किलोमिटरको दूरीमा छ भारतसँग सीमा जोडिएको बाघा बोर्डर । यो भारतको पञ्जाब राज्यको अमृतसरबाट झण्डै ३३ किलोमिटरको दूरीमा पर्छ पाकिस्तानसँग सीमा जोडिएको अत्तारी बोर्डर ।  

भारत र पाकिस्तानबिच स्थापनाकालदेखिनै सम्बन्ध राम्रो छैन । सीमाक्षेत्रमा बारम्बार भिडन्त भइरहने गर्छ । भारत र पाकिस्तानबिचको सम्बन्ध यहाँ सीमाक्षेत्रमा दैनिक हुने परेडमा समेत देख्न सकिन्छ ।  भारत र पाकिस्तानको बिचमा पर्ने बाघा बोर्डरमा दुई देशका सैनिकले दैनिक परेड खेल्छन् । जसमा शक्ति प्रदर्शनको हिसाबले आ–आप्mना देशका नागरिक सहभागी हुने गरेका छन् । दिनहुँ बोर्डरमा हुने परेडमा हजारौको सहभागिता हुने गरेको छ  ।

पाकिस्तानतर्फ पाकिस्तानी सैनिक हुन्छन् । उनीहरुलाई हौसला दिनका लागि हजारौ पाकिस्तानी आउँछन् । धेरैको हातमा पाकिस्तानी झण्डा हुने गर्छ । पाकिस्तानी सैनिकले  परेड गर्दा पाकिस्तान जिन्दावादको नारा लाग्छ भने वारीतर्फ भारतीयहरु पनि जोड जोडले भारत माताकी जय भन्दै नारा लगाउँछन् । पाकिस्तान जिन्दावाद र भारत माताकी जय भन्दा  दुई देशका नागरिकबिच पनि प्रतिष्पर्धा देखिन्छ । परेड अघि राष्ट्रिय भावनाले भरिएका गीतमा स्थानीयले नृत्य समेत गर्दछन् । परेड सुरु भएपछि भारतीय सैनिक पाकिस्तान प्रवेश गर्ने गेट नजिकै पुगेर परेड खेल्छन् । केही समयपछि पाकिस्तानतर्फको गेट पनि खुल्छ सीमामा दुई देशका सैनिकले संयुक्त परेड गर्दछन् ।

तर प्रतिष्पर्धाको शैलीमा अन्त्यमा भने दुवै पक्षका सैनिकले हात मिलाएपछि गेट फेरि बन्द हुन्छ । गेट बन्द भएपछि पनि केहीबेर परेड चल्छ भने सहभागी स्वदेशी र विदेशी नागरिक सीमा नजिकै पुगेर तस्बिर लिन तँछाडमछाड हुन्छ । (केशब पौडेल र यज्ञ बुढाथोकीको सहयोगमा )


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Oct 25, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१