बाँके, भाद्र ३० – निरक गुरुङ्ग बाँके एमालेमा चिरपरिचित नाम हो । नेकपा एमाले बाँकेका उपाध्यक्ष गुरुङ पार्टीमा सादगी र त्रियाशिल नेताको रुपमा कार्यकर्तामाझ परिचित छन् । ०४६ सालको प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनमा सक्रियतापूर्वक होमिएका गुरुङ्ग ०६२÷०६३को दोश्रो जन आन्दोलनका घाईते आन्दोलनकारी हुन् । ०३५÷०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न निरक गुरुङ्गले तत्कालिन प्ररायुसंघ सुर्खेतको अध्यक्ष तथा केन्द्रिय सदस्यका रुपमा कुशलतापूर्वक कार्य सम्पन्न गरिसकेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सदस्य तथा भेरी अञ्चल अध्यक्ष भएर कार्य गरिसकेको अनुभव
रहेको छ । नेकपा (एमाले) बाँके जिल्ला कमिटिमा विगत १ दशक देखि संगठित गुरुङ्ग बाँके एमाले भित्र कुशल संगठकका रुपमा चिन्नेहरु अधिकाँश छन् । सांगठनिक रुपमा कमजोर भनिएको बाँकेको क्षेत्र नं.२ मा एमालेलाई स्थापित गराउँदै गएकोसंविधान सभा निर्वाचनमा विजयी गराउने श्रेय नै गुरुङ्गलाई जान्छ । एमालेका नेता दिनेशचन्द्र यादव निर्वाचित भएको सो क्षेत्रमा“गुरुङ्गको छोरो भूमिगत नाम नहिर खाँ भन्दै मुस्लिम वहुल गाविसहरुमा मधेश आन्दोलनको समयमा होमिएको क्षणलाई जीवन कै अविस्मरणिय क्षण मान्छन्”, गुरुङ्ग ।
बाँकेका अधिकाँश कार्यकर्ताहरुका लागि सहजै पहुँचमा पुग्न सक्ने क्षमता भएका गुरुङ संगठन बिस्तारमा जिल्लाब्यापीरुपमा खटिदै आएका छन् । पार्टीका अधिकाँश नेताहरु निश्चित क्षेत्रमा केन्द्रीत भएको भएपनि गुरुङ भने जिल्लाभार पार्टीको संगठन विस्तारको अभियानमा खटिदैं आएका छन् । गुरुङ एमाले कार्यकर्तामा मात्रै होइन प्रतिष्पर्धीका पार्टीका नेता कार्यकर्तामाझ पनि निरक दाईका नामले परिचित छन् । विशेषगरी पार्टीइतरमा समेत
राजनीतिक समन्वयमा उनले भूमिका निभाउदै आएका छन् । गुरुङले नेपालगन्ज, जिल्लाको डुडुवा गाउँपालिका र नरैनापुर लगायत समग्र बाँके जिल्लामा विकास निर्माणका काममा समेत अगुवाई गर्दै आएका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१