बाँके, असोज १७ – डेकनाथ गौतम बाँकेमा चिरपरिचित नाम हो । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि तत्कालिन नेकपा माले हुँदै नेकपा एमालेको राजनीतिमा सक्रिय गौतम लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् । गौतम हाल एमालेको केन्द्रीय उद्योग बाणिज्य विभागका सदस्य हुन् । यसैगरी एमालेको जनवर्गिय संगठन यातायात ब्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय महासचिवको रुपमा जिम्मेवारीमा छन् । नेकपा एमालेले संचालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानमा गौतमले ब्यवसायीको नेतृत्व गर्दै अभियान सफलताका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । एमालेभित्र मजदुर आन्दोलन हुँदै गौतम हाल ब्यवसायीक र सामाजिक क्षेत्रमा अगुवाई गर्दै आईरहेका छन् । भूमिगतकालमा नेता बामदेव गौतमको निकटमा रहेर पार्टीका आन्तरिक दस्तावेजहरु पहाडी जिल्लामा पु¥याउने जिम्मेवारी गौतमलाई थियो ।
गौतम २०५२ मा मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भए । त्यसो त २०४५ सालमा मजदुर संगठन स्थापनामा समेत गौतमले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ब्यावसायिक क्षेत्रमा २०५४ सालमा भेरी अञ्चल यातायात ब्यवसायी समितिको सचिवको रुपमा कार्यभार सम्हालेका गौतमले ब्यावसायिक क्षेत्रमा पनि एमालेलाई संगठित रुपमा बलियो बनाउने कार्यमा गौतम निरन्तर क्रियाशिल रहँदै आएका छन् । भेरी अञ्चल यातायात ब्यवसायी संघमा लामो समयसम्म नेतृत्वमा रहनु पनि गौतमको कुसल सांगठिनक क्षमताको नमुना भएको बताउनेहरु धेरै छन् । गौतम एमालेको केन्द्रीय फ्रयाक्सनमा रहेर एमालेको राजनीतिमा सक्रिय छन् ।
एमालेको नेपाल राष्ट्रिय उद्योग बाणिज्य संगठन र यातायात ब्यवसायी राष्ट्रिय महासंघ गठनदेखि नै गौतम क्रियाशिल रहदै आएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंका स्थायी बासिन्दा गौतमलाई एमालेको राजनीतिसँगै सामाजिक क्षेत्रको अगुवाको रुपमा समेत चिनिन्छ । करिब चारदशकअघिदेखि एमालेको राजनीतिमा निरन्तर र सक्रियताका साथ लागिरहेका गौतमलाई आसन्न प्रदेशसभामा बलियो दावेदारको रुपमा एमाले कार्यकर्ताहरुले लिएका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१