बाँके, माघ ६ गते । जन गायक बद्री पंगेनीको प्रस्तुतीले शनिबार खजूरा महोत्सवमा सहभागीका आँखा रसाएका छन् । बाँकेको खजूरामा जारी मसुबेटवा बाबा मेला तथा खजूरा महोत्सवमा शनिबार जन गायक बद्री पंगेनीले दर्शकलाई रुवाएका हुन् । यसैगरी गायक पंगेनीले जुम्लाको स्याउ कुहियो लगायतका राष्ट्रवादी गीतहरु पनि प्रस्तुत गरेका थिए । शनिबार सार्वजनिक विदा भएका कारण खजूरा महोत्सवमा दर्शकहरुको संख्या बाक्लो रहेको थियो ।
खजूरा महोत्सवमा महा नायक राजेश हमाल, गायिका तृप्ती खड्का, कलाकार सीताराम कट्टेल(धुर्मुस) ,र कुञ्जना घिमिरे(सुन्तली)को प्रस्तुती भईसकेको छ । आधुनिक युवा सञ्जालका अध्यक्ष तिलकबीर सुनारका अनुसार महोत्सवमा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । माघ १० गतेसम्म हुने खजूरा महोत्सवमा करिब एकलाखले अवलोकन गर्ने र डेढ करोड रुपिया बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१