खजूरा,माघ ७ । बाँकेको खजूरामा जारी मुसबेटवा बाबा मेला तथा खजूरा महोत्सव –२०७४ मा सोमबार गायिका ज्योती मगरको प्रस्तुती रहने भएको छ । ज्योतीसँगै कलाकार शंकर बिसी र रुबिना अधिकारीको पनि प्रस्तुती रहने भएको छ । खजूरा महोत्सवमा गायिका ज्योती आउने भएपछि सोमबार दर्शकहरुको भिड लाग्ने अनुमान गरिएको छ ।
महोत्सव अन्तर्गत आइतबार गायक रमेशराज भट्टराई र कृति आलेलाई दर्शकलाई मनोरन्जन दिएका छन् । गायक भट्टराईले बेहुला बनाउछु भन्थि बहुलाह बनाएर गई बोलको गीतले दर्शकको मन जितेको थियो । आधुनिक युवा सञ्जाल खजूराको आयोजनामा माघ ३ देखि खजूरा १ नम्बरमा सुरु भएको खजूरा महोत्सव माघ १० गतेसम्म संचालन हुने छ । आयोजक सञ्जालका अध्यक्ष तिलकवीर सुनारका अनुसार महोत्सवमा दिनप्रतिदिन दर्शकहरुको उपस्थिती बढ्दोक्रममा छ ।
यसैबीच मुसबेटवा बाबास्थलमा सोमबारदेखि परम्परागत मेला पनि सुरु हुदैछ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१