नेपालगन्ज, माघ १६ । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा बुधबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन् ।बाकेको खजूरामा भएको महोत्सवमा दमदार प्रस्तुती दिएकी ज्योती करिब एकसातापछि नेपालगन्जमा दोस्रो कार्यक्रममा आउन लागेकी हुन् । ज्योतीको स्टेज प्रस्तुती सधै चर्चामा हुने गरेको छ ।
कार्यक्रममा ज्योती काफ्ले शमसेर मिनबहादुर कुसारी, अमृता लिम्बु लगायतको बिशेष प्रस्तुती रहने छ । मंगलबार काली प्रसाद बास्कोटा, हाउडे माया, चन्द्र शर्मा, रमेश दुलालले आफ्नो प्रस्तुती दिएका छन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१