नेपालगन्ज, माघ १७ गते । नेपालगन्जमा माघ ११ देखि जारी प्रादेशिक बुधबार चर्चित गायिका ज्योती मगरको प्रस्तुतीका कारण अघिल्लो दिनदेखिनै चर्चामा थियो । चर्चामा झै गायिका मगरले दर्शकलाई भरपुर मनोरञ्जन दिइन् । सुरक्षाकर्मीलाई भिँड नियन्त्रणका लागि हम्मे हम्मे परेको छ ।
करिब डेढघण्टासम्म मगरले चर्चित गीतले मनोरञ्जन दिइन् । गीतसँगै उनको नृत्य र द्धिअर्थी लाग्ने संवादले दर्शकले भरपुर मनोरञ्जन लिए । महोत्सवमा ब्यावसायिक स्टलहरु करिब खाली भएपनि सांगीतिक स्टेज भने चारैतिरबाट भरिएको थियो । मगरले ढाडे बिराले, जिम्माल बाउकी छोरी, सुर्खेत बुल्बुले ताल लगायतका गीत प्रस्तुत गरिन् भने बीचबीचमा बोतलको पानी पिउदैं दर्शकलाई उचाल्ने प्रस्तुती दिइन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१