आईतवार, फागुन १६, २०७७ साल

कोमल वलीले भनिन,– टिका टिप्पणी मेरा लागि परीक्षा हो

लाेकप्रिय सन्देश २०७४ माघ १९ गते 2.57K

नेपालगन्ज, माघ १९ गते । नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएकी लोकगायिका कोमल वलीले  आफुलाई लक्षित गरी सामाजिक सञ्जालमा आएका केही टिप्पणीलाई स्वभाविक रुपमा लिएको बताएकी छन् । नेपालगन्जमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै वलीले आफुलाई एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा आएका कतिपय अभिब्यक्ति असामाजिक जस्तो भएको बताइन् । उनले  आफुमाथीका टिका टिप्पणीलाई सकारात्मक रुपमा लिएको बताइन् । 

पार्टीका सबै नेताहरुले उम्मेद्धार भएपछि बधाईज्ञापन गर्नुभएको छ , वलीले भनिन,– अन्य जतिले पनि  चिन्ता र चासो राख्नुभएको छ , त्यसलाई मैले नयाँ यात्रामा परीक्षाको रुपमा लिएको छु । असुन्ती जनाउनेहरुलाई आफुले केही गरेर सन्तुष्ट बनाउने उनको भनाई छ । वलीले कलाकारलाई माथिल्लो सदनमा अन्य देशमा पनि अवसर दिने गरिएको बताइन्। वलीले राजनीतिसँगै गायन क्षेत्रलाई पनि निरन्तरता दिने बताए । पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएकी वलीले गायनबिना आफु बाँच्न नसक्ने भन्दै उहाँले आफु रहेसम्म गायन पनि आफुसँगै रहने बताए । तर राजनीतिमा प्रवेश गरेपछि अन्य ब्यवस्थापन भने गर्ने उनको भनाई छ । 


आफु राष्ट्रियसभामा निर्वाचित भईसकेपछि  पशुपति शर्मासँग मिलेर शुन्य भयो गाउँघर बोलको गीत सार्वजनिक गरेको बताउँदै उनले बिमल क्षेत्रको शब्द र संगतीमा नयाँ गीत सार्वजनिक हुने तयारीमा रहेको बताइन् । एमालेले आफुलाई राष्ट्रियसभा सदस्यको जिम्मेवारी दिएकोमा उत्साहित भएकी वलीले आफुले अवसरसँगै चुनौतीको रुपमा लिएको बताइन् । राजनीतिमा लागेपछि हरेक किसिमका चुनौती सामना  गर्नुपर्ने भन्दै वलीले राजनीति नै माउनीति भएको समेत बताइन् । उनले राष्ट्रियसभासँगै एमालेको संगठनमा पनि छिट्टै जिम्मेवारी पाएर सक्रिय हुने बताइन् । राष्ट्रियसभामा प्रदेश नम्बर ५ का उम्मेदवार खिमलाल भट्टराई र रामलखन हरिजनसहित बाँके र बर्दियाका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यका लागि नेपालगन्जमा प्रशिक्षण गरिएको हो ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१