कोहलपुर, माघ २७ गते । बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको सांगीतिक प्रस्तुतीका कारण महोत्सवस्थलमा बबाल भएको छ । लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत काले दाई कालेदाई गाउनेक्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको प्रस्तुती बीचमै रोकिएको थियो ।
लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंङ्गल भई अश्लिलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । सोक्रममा ३ जना युवालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भईरहेको डिएसपी भट्टराईले जानकारी दिए । सरस्वती लामाको प्रस्तुती अश्लिल र बिवादित हुने भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग बाणिज्य संघका पदाधिकारीलाई सरस्वती लामाको कार्यक्रम नराख्न अनुरोध गरेको थियो । तर आयोजकले ल्याउने अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्यादित कार्यक्रम गर्न आयोजकको ध्यानाकर्षण गराएका थिए ।
प्रहरीले बिवादकाबीचमा लामालाई सुरक्षितरुपमा महोत्सवको सचिवालयमा पु¥याएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुती थियो । सरस्वतीको कार्यक्रममा बबाल भएपछि आयोजकबीच पनि बिवाद भएको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१