बाँके,बैशाख ०२ – नयाँ बर्षको अवसरमा बिभिन्न सांस्कृति कार्यक्रम भईरहदा नेपालगञ्जमा आइतबार भने फरकखालको सांगितिक कार्यक्रम भएको छ । समृद्धिका पाईला बाँकेको आयोजनामा भएको कार्यक्रममा मानव अधिकार, कानुन, साहित्य , सरकारी पेशामा रहेका प्रवुद्ध ब्यक्तिहरुले बिभिन्न साहित्यिक प्रस्तुती दिएका थिए ।
मानव अधिकारकर्मीको रुपमा पहिचान बनाएका भोला महत र सुरेन्द्र दीप कार्कीले गीत प्रस्तुत गर्दा दर्शकहरु ले भरपुर मनोरञ्जन लिएका थिए । यसैगरी साहित्यकार ऋचा लुईटेल, विपी अस्तु लगायतले गीत गजल प्रस्तुत गरेका थिए । नेपाल बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले कविता बाचन गरे भने र पुनरावेदन उच्च बारका पुर्ब अध्यक्ष सुनिल श्रेष्ठले गीत प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्ष शुक्रऋषि चौलागाईले देउडा प्रस्तुत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकबहादुर तामाङले पनि गीत प्रस्तुत गरेका थिए । यसैगरी टेकबहादुर थापाले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका युवा नेता ठाकुर गैरे, देबराज भार, अशोक कोइराला, नेपाली काँग्रेसका सभापति किरण कोइराला, सचिव तप्त पौडेल, प्रशान्त विष्ट, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम लगायत उपस्थित थिए । यसैगरी प्रमुख जिल्ला अधिकारी रमेश केसीसहित न्यायधीशहरु सारंगा सुवेदी, फुलराम थारु लगायत उपस्थित थिए । नेपालगञ्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य लगायत कार्यक्रममा सहभागी रहेका थिए । समृद्धिका पाईलाका सदस्य प्रेम सुवेदीले संचालन गरेको कार्यक्रममा सदस्य रत्न खत्रीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१