शनिबार, आषाढ २७, २०७७ साल

बाँकेको मनिकापुरका दुई विद्यालय स्मार्ट बन्दै

लाेकप्रिय सन्देश २०७५ असोज २ गते 7.72K

मनिकापुर, असोज २ –  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० मनिकापुरका दुईवटा विद्यालयलाई सरसफाईमा स्मार्ट बनाइने भएको छ ।  मनिकापुरका आदर्श मावि र जय जनता माविलाई स्मार्ट विद्यालय बनाउन लागिएको वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाभित्र १३ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउन लागिएको छ । स्मार्ट विद्यालयका लागि छनौटमा परेका विद्यालयमा विद्यार्थीको ६ वटा समूह बनाइएको छ । सरसफाईका ६ वटा सूचकमा  ६ समूहको मुल्यांकनका लागि ६ वटा झण्डा विद्यालय परिसरमा राखिएको छ । एउटा समूहको मुल्यांकन अर्को समूहले गर्नेछ ।  शौचालयको अवस्था, व्यक्तिगत सरसफाई, महिनावारीको व्यवस्थापन, सुरक्षित पिउनेपानी, सुरक्षित स्वस्थ् खाना र स्वस्थ वाताबरणलाई सूचक मानिएको छ । 


यसैबीच मंगलबार आदर्श मावि राझामा सरसफाई सम्मेलन भएको छ । सम्मेलनमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्टु बर्मा , प्राचार्य प्रकाश आचार्य लगायतले सरसफाईको महत्वबारेमा प्रकाश पारेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न प्रस्तुती समेत गरेका थिए । वडा अध्यक्ष कृष्ण कार्कीले सरसफाईका लागि वडाभित्र अभियान नै संचालन गरिएको बताए । वडा कार्यालयले राझामा वृहद सरसफाई पनि गर्दै आएको छ । नेपालगञ्ज विमानस्थल रहेको राझा दैनिक सयौं संख्या बाहिरी जिल्ला र विदेशी नागरिकको आवागमन हुने भएका कारण सबैलाई सरसफाई प्रति सचेत हुन वडा कार्यालयले अभियान संचालन गर्दै आएको वडा अध्यक्ष कार्कीले बताए । उनले सचेतना अभियान समेत संचालन भईरहेको बताए ।  


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Saturday, Jul 11, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१