नेपालगञ्ज, असोज १० गते । बाँकेको जानकी गाउँपालिका ६ गनापुरमा एक ब्यक्तिले कुटोले हानेर श्रीमतीको हत्या गरेका छन् ।
सोमबारराती श्रीमानको कुटाईबाट घाइते भएकी २४ बर्षिया जानकी गिरीको बुधबार विहान शिक्षण अस्पताल नेपालगञ्जमा उपचारकाक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए ।
प्रहरीले घटनापछि नै फरार रहेका जानकीका श्रीमानको खोजी कार्य भईरहेको जनाएको छ । जानकीका श्रीमान ३÷४ महिनादेखी ससुरालमा पत्नि सँगै बस्दै आएको प्रहरीले जनाएको छ । उनले शवको पोष्ठमार्टम गरी परिवारलाई बुझाउने बताए ।
जानकीका श्रीमान भारतमा रोजगारी गरी चार महिना अघिमात्रै नेपाल फर्केका थिए । जानकीका दुई सन्तान छन् ।