बिहीवार, फागुन २०, २०७७ साल

बाँके पेडारीकी श्रीदेवीको चवन्नी मुस्की

लाेकप्रिय सन्देश २०७५ कार्तिक ५ गते 14.71K
खजुरा, कात्तिक ५ –  बाँके बैजनाथ ७ पेडारीकी श्रीदेवी थारुथारु भाषाको  डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर सांगीतिक क्षेत्रमा प्रबेश गरेकी छन । साबिकको बनकटुवा गाबिस तथा हाल बैजनाथ वडा नं.७, पेडारी निवासी श्रीदेवी सानैदेखि कलाक्षेत्रमा लाग्ने चाहना पुरा गर्न डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर कला क्षेत्रमा प्रबेश गरेको बताउँछिन् । गत असोज ३१ गते सि.एस.फिल्मस् प्रालि यु ट्यूव च्यानलमार्फत सार्वजनिक गीतले कम समयमै यु ट्यूवमा चर्चा बटुलेको छ । उनको गीतलाई दर्शक तथा आफन्तजनले एकदमै राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । श्रीदेवी र अशोक थारुको आवाजमा सार्वजनिक सो गीत कम समयमै यु ट्युवमा भारी दर्शक आफुतिर तान्न सफल भएको छ । धेरैले नयाँ गितको शुभकामनासंगै राम्रो भएको प्रतिक्रिया दिएका छन् । नेपालगञ्जमै बसेर प्रबिणता प्रमाण–पत्र तह पुरा गरेकी श्रीले नेपालगञ्जकै रोडियो कृष्णसार र रेडियो हिमाल एफ एममा समाचार तथा कार्यक्रम शाखामा करिब ३ वर्ष काम गरिसकेकी छिन । सानैदेखि नृत्य गर्न रुचाउने श्रीदेवी गाउँघरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने गर्थिन । 
 
सानैदेखि उनमा मोडल बन्ने चाहना थियो । तर परिवारको सहयोग नहुनुले उनको सपना पुरा हुन सकेको थिएन । पारिवारिक र पढाईले गर्दा पुरा हुन नसकेको आफ्नो चाहना यो गीतमार्फत पुरा गरेको श्रीदेवीले बताइन् । कला क्षेत्रमा लाग्न छोरीलाई सहयोग गर्न नचाहने उनका बुवा रामगोपाल थारु गीतको अडियो सुनेर नै दंङ्ग परेका थिए । शुरुमा कला क्षेत्रमा लाग्न नदिने चाहना थियो, श्रीदेवीले बुवाको कुरा सम्झदै भनिन,– तर मेरो पहिलो प्रयास स्वरुप जब मैले गीतको अडियो बुबालाई सुनाए, त्यसपछि उहाँको मनमा कलाप्रति आफ्नो छोरीलाई सहयोग गर्ने चाहना जागेको हो । छोरीको कलालाई बढावा दिन गीतको भिडियोका लागि उनका बुबा रामगोपाल थारुले ड्रेस डिजाईन समेत गरिदिएका छन् । बुुबालाई एकदमै मन परेको छ छोरीको भिडियो दर्शकले पनि मन पराई दिने हुने आशा गरेकी छ श्रीदेवीले भनिन । गीतको अडियो रेर्काडिङ्ग खर्च श्रीदेवी आफै लगानी गरेकी छिन् भने म्युजिक भिडियोमा उनका बुबाले लगानी गरिदिएका छन् । चन्द्र चौधरी र दिपक चौधरीको निर्देशन, मनोज थारुको संगीत रहेको म्युजिक भिडियोको निर्माण श्रीले स्वयंमनै गरेकी हुन । सतिश सिन्हाको श्रृङ्गार, दिपक दिपको नृत्य निर्देशन रहेको भिडियोमा श्रीदेवी, विवश चौधरी र मनिष थारु लगायतको अभिनय रहेको छ । 

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१