नेपालगञ्ज । चीनमा जारी मिस वल्र्ड २०१८ मा नेपाली प्रतिष्पर्धी श्रृंखला खतिवडा फाईनल प्रवेश गरेकी छन् । जेड टु डे च्यालेञ्ज अन्तर्गत समूह १३ को विजेता बन्दैं मिस नेपाल खतिवडा उत्कृष्ट ३० भित्र पर्न सफल भएकी हुन् । यसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत आफैले दिएकी छन् । जारी बिश्व सुन्दरी प्रतियोगितामा यसपटक खतिवडालाई बलियो प्रतियोगीका रुपमा हेरिएको छ । नेपालले हालसम्म बिश्व सुन्दरीको ताज पहिरयाउन सकेको छैन् । हेड टु हेड च्यालेञ्जमा खतिवडा सर्वाधिक भोटका साथ फाईनल प्रवेश गरेकी हुन् । बिश्व सुन्दरीको ताज जित्न अब खतिवडाले थप मेहनत र क्षमता प्रदर्शन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा बधाई दिइएको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१